logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    884
    Shares
    औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

    जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धकोविषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

    स्थिति नियन्त्रणमा लिन ७ धनुषाका प्रहरी प्रवक्ता डीएसपीका रन्जन अवाकाअनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

    ‘प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको ठुलो गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा आइसेको छ’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी रन्जन अवाले । प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरको आक्रोशमा प्रदर्शन भएको हो।

    पौडेसरका १६ वर्षका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन। यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ।

    केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन्। तर प्रहरीले घर विवादको मुद्दा चलाएको केटी पक्षको आरोप छ।

    मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend