मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

थाई एयर एसियालाई बैंकक–भैरहवा उडान अनुमति, सातामा चार उडान हुने

थाई एयर एसियालाई बैंकक–भैरहवा उडान अनुमति, सातामा चार उडान हुने

काठमाडौं । थाई एयर एसियाले बैंकक–भैरहवा उडानका लागि अनुमति पाएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरलाई बैंकक–भैरहवा उडानको अनुमति दिएको हो ।

प्राधिकरणका अनुसार अबदेखि थाई एयर एसियालेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडान गर्ने छ ।

थाई एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा चार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन उडान गर्ने अनुमति पाएको हो ।

बैंकक मुख्यालय भएको थार्य एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति नागरिक उड्डयन प्राधिकरणले बिहीबार दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका थाई एयर एसियालाई उपलब्ध हुने बताएको प्राधिकरणले भैरहवाको सम्बन्धमा भने थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिने जनाएको छ ।

अब गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, म्यानमार लगायतका देशहरुबाट पर्यटनहरुले उडान गर्न पाउने छन् । सो देशका पर्यटकहरुलाई नेपाल आउन सहज हुने भएको छ । जसले गर्दा लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुने छ ।

थाई एयर एसियाको ५८ वटा विमान रहेको छ भने थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स हो ।

यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो ।

तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङको कार्यकालमा थाई एयर एसियाले उडानका लागि मन्न्त्रालयमा आवेदन दिएको थियो ।

२० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend