सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मनसुनजन्य विपदमा परी देशभर १ सय ५० जनाको मृत्यु, ४९ जना बेपत्ता

मनसुनजन्य विपदमा परी देशभर १ सय ५० जनाको मृत्यु, ४९ जना बेपत्ता

काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend