सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आज नागपञ्चमीः नागपोखरीमा भक्तजनको घुइँचो

आज नागपञ्चमीः नागपोखरीमा भक्तजनको घुइँचो

काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा अवस्थित नागको प्रतिमामा पूजा गर्दै । भक्तजन । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौँ। देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाउने गरिन्छ । सो अवसरमा आज (शुक्रवार) काठमाडौंको नक्शालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ ।

साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend