२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुन तोलामा ९ सय घटेर १ लाख ४९ हजार ६ सयमा कारोबार

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तालोमा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने ओरालो लागेको छ ।

शुक्रबार सुनको भाउ घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट