२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलवार , कार्तिक २०, २०८१

पोखरा । पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको हो । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन म्याद थपिएको थियो ।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट