२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः प्रस्तावित न्यायाधीश पाण्डे

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताए । स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताए ।

प्रस्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताए ।

उनले भने, ‘स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको प्रत्याभुति सुनिश्चित गरी न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कार्यमा समर्पित रहने नै मेरो संकल्प हो । म सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति भएमा सो पदको कार्य सम्पादन जिम्मेवारी सम्बन्धमा मेरो कार्ययोजना र प्रतिवद्धता बुँदागत रुपमा पेश गरेको छु ।

स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व हो । इमान्दार, निष्ठा र लगनशीलता साथ गरिने कार्यबाट यो कार्यभार र दायित्व निर्वाह गर्न सकिन्छ भन्नेकुरामा म विश्वस्त छु । यही विश्वास र संकल्पका साथ स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्ने मेरो भरपुर प्रयत्न रहनेछ ।

स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्यमान्यतालाई आत्मासात गर्दै संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा न्यायिक सदविवेकको समेत प्रयोगद्वारा न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गर्ने कार्य गर्नेछु ।’

प्रस्तावित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट