logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछु : नृपध्वज निरौला

    निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछु : नृपध्वज निरौला

    294
    Shares
    निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछु : नृपध्वज निरौला

    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफूले निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा उनले संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयताका साथ निष्ठापूर्वक न्याय सम्पादन गर्ने बताएका हुन् । प्रस्तावित न्यायाधीश निरौलाले न्यायाधीशले न्यायका लागि काम गर्ने भएको उल्लेख गर्दै त्यसमा कुनै आग्रह वा पूर्वाग्रह नराख्ने पनि बताए ।

    न्याय सम्पादन गर्दा अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग नछोड्ने प्रश्तावित न्यायाधीश निरौलाको भनाई थियो ।

    उनले भने, नेपालको संविधान बमोजिम स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अवधारणा तथा मूल्य,मान्यतालाई आत्मासात गर्दै छिटो, छरितो एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा म प्रतिवद्ध छु । मैले पेश गरेको न्याय प्रशासनसँग सम्बन्धित कार्ययोजना नेपालको न्याय पालिकाको पञ्च वर्षीय रणनीतिक योजना र संसदीय सुनुवाईको क्रममा सम्माननीय प्रधानन्यायाधीशज्युका पेश गर्नुभएको कार्य योजना भन्दा भिन्न छैनन् ।

    सामुहिक भावका साथ काम गर्नुपर्ने भएकाले मैले आफ्नो क्षमता र अनुभवको आधारमा आफ्नो तर्फबाट न्यायपालिकामा दिनसक्ने अधिकतम गर्न लागि रहनेछु । न्याय सेवामा मैले निर्वाह गरेको भुमिका खुला कितावको पानाजस्तै छ । संविधान र कानूनले सुम्पिएको काम गर्दा सधैं प्रिय हुन सकिँदैन । न्यायाधीशले न्यायका लागि काम गर्ने हो ।

    त्यसैले त्यहाँ कुनै आग्रह र पूर्वाग्रह राख्नु हुदैन भन्ने अग्रजहरुले सिकाएको शिक्षा र देखाएको मार्ग मेरो जिम्मेवारी सम्पादनको क्रममा सदा स्मरणमा रहनेछन । यो सार्वभौम समितिमार्फत म संविधान र कानूनले दिएको जिम्मेवारी निर्भयतापूर्वक र निष्ठापूर्वक सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

    प्रस्तावित न्यायाधीश निरौलाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन प्रविधि भित्र्याउने कुरामा पनि आफूले जोड दिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend