२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सको जर्सी सार्वजनिक

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

नक्शालमा शुक्रबार एक कार्यक्रम आयाजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो टोलीको जर्सी सार्वजनिक गरेको हो ।

पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मार्की सोमपाल कामी, टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरेका हुन् । प्रशिक्षक ज्ञानेन्द्रले नेपाल क्रिकेट संघ (क्यान) बाट उक्त जर्शी स्वीकृतिपछि मात्र सार्वजनिक गरिएको बताए ।

कर्णाली याक्सले दुई दिन अगाडि मात्र आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको थियो । उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले करिव २६ वर्षअगाडि आफू खेलकुदमन्त्री हुँदा पहिलोपल्ट त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता गरिएको स्मरण गर्दै राज्यले खेलकुदमा थप लगानी बढाउनसके विकासले फड्को मार्ने बताए ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उक्त एनपिएलको लागि कर्णाली याक्सले तयारीमा तिब्रता दिइरहेको छ ।

कर्णालीले तीन विदेशी खेलाडी वेस्ट इण्डिजको ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउण्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुवन्ध गरेको छ ।

कार्यक्रममा मार्की खेलाडी सोमपाल कामीले नेपालको लिग यति माथि पुगेकोमा खुशी व्यक्त गर्दै एनपिएलको खेलका लागि उत्साहित रहेको बताए । टोलीमा ज्ञानेन्द्र मल्ल जस्तो प्रशिक्षक र देव खनालजस्ता युवा खेलाडीले आफू धेरै उत्साहित रहेको उनको भनाइ छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये एकले जिते पनि समग्रमा नेपाली क्रिकेटको जित हुने विश्वास व्यक्त गरे । उनले आफ्नै ब्राण्डबाट अन्तर्राष्ट्रिय स्तरमा उदाउन नेपाल प्रिमियर लिग राम्रो माध्यम हुने उनले विश्वास व्यक्त गरे ।

आगाामी संस्करणमा फ्रेन्चाइज टोलीकै आफ्नो खेल मैदानमा नै प्रतिष्पर्धा गराउने लक्ष्य पनि रहेको पनि उनले बताए ।

कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थित थिए । कर्णालीका सहमालिक गृहेन्द्र घिमिरेले थप खेलाडी चाडै सार्वजनिक गरिने जानकारी गराए ।

कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट