बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १२३ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको हो ।

यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन बनाइन् ।

त्यस्तै, नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक–एक विकेट लिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend