२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

महिला टी–२० विश्वकप : नेपाल युएईसँग पराजित

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत खेलमा नेपाल युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्बाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउदै १२२ रन बनाएको थियो ।

योसँगै युएईले लगातार तेस्रो जित हासिल गरेको छ । त्स्टिया नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

अब नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट