२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पुनर्वासमा मिनि रंगशाला बनाउनुपर्छ, बजेटका लागि पहल गर्छु : सांसद तामाङ

शनिवार , कार्तिक २४, २०८१

कञ्चनपुर । एमाले सांसद तारा लामा तामाङले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मिनी रंगशाला बनाउनुपर्ने बताएका छन्।

कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ स्तरीय अन्तरक्लब पुरुष फुटबल प्रतियोगिता वडाध्यक्ष कप–२ को शुक्रबार पुनर्वासमा उदघाटन गर्दै प्रतिनिधिसभा सांसद तामाङले मिनी रंगशाला बनाएर दक्षिणी क्षेत्रमा फुटबलको विकासमा टेवा पुर्याउन सकिने बताए ।

‘जहाँ फिल्ड क्लबको नाममा रहेको छ, वा सार्वजनिक जग्गा छ, त्यहाँ मिनी रंगशाला बनाउन सकिन्छ, त्रिभुवन वस्तीको फिल्ड पनि हुनसक्छ । तर, छलफल गरेर जाऔँ,’ त्रिभुवन युवा क्लबले आयाेजना गरेकाे प्रतियोगिताकाे उदघाटन गर्दै तामाङले भने, ‘बजेटका लागि लागि केन्द्रमा दत्तचित्त भएर लाग्नेछु ।’

प्रतियोगिताको पहिलो खेल कन्कड युवा क्लब पुनर्वास र थ्री डि युवा क्लव गणेश बस्तीबीभ भएको थियो। प्रमुख अतिथिसमेत रहेका सांसद तामाङले फिफा रेफ्री मानबहादुर तामाङलाई बल हस्तान्तरण गरेका थिए।

उदघाटनका अवसरमा पुनर्वास वडा नम्बर ६ आमा समुह (वडा सदस्य सुमित्रा भुजेलको नेतृत्वमा) र निवर्तमान वडा सदस्य मोनिका सुनारको नेतृत्वको टीमबीच मैत्रीपूर्ण खेल भएको थियो।

उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष जीतबहादुर तामाङ अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव भरत बोहराले गरेका थिए।

कोषाध्यक्ष सन्तकुमार भट्टले स्वागत गरेको कार्यक्रममा एन्फा कञ्चनपुर उपाध्यक्ष दाउत तामाङ, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी, वडा नम्बर ६ का वडाध्यक्ष मित्र लामा, निवर्तमान उपमेयर शारदा बिष्ट, मेयर तोयप्रसाद शर्माले मन्तव्य राखेका थिए। मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टिमको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट