आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रवि लामिछानेलाई आज अदालत लगिदै, रास्वपाले प्रदर्शन गर्ने

रवि लामिछानेलाई आज अदालत लगिदै, रास्वपाले प्रदर्शन गर्ने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ ।

प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको हो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।

यस्तै, रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले १० बजेदेखि जिरोमा प्रदर्शन गर्ने भएको छ । त्यहाँबाट वाइचोकमा पुगेर सभा आयोजना गर्ने तयारी रास्वपाले गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend