२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

आइतवार , कार्तिक २५, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका सभापति लामिछानेमाथि चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट