काठमाडौँ। आईसीसी यू - १९ महिला टी - २० विश्वकप एसिया छनोटका लागि भैरहेको खेलमा नेपालले आज थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।
नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रन बनाउँदै अर्धशतक कटाइन् ।
त्यस्तै साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस