२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपालले थाइल्याण्डलाई १०६ रनले हरायो

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि आज भएको थाइल्याण्डसँगको खेलमा नेपालले फराकिलो जित हात पारेको छ ।

नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डलाई १०६ रन हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रन बनाइन् ।

त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट