२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो आफ्नो सेवा

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा सुरु गरेको छ ।

दशैं, तिहार तथा छठ पर्वहरुको अवसर तथा आफ्नो सेवा सुरुवातको अवसर पारेर ब्रेनब्रिज एजुकेसनले विद्यार्थीहरुलाई भाषा शिक्षण कार्यक्रमहरु आइइएलटिएस, पिटिइ, स्याटलगायतमा विशेष छुट पनि ल्याएको छ ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्सलगायतका विभिन्न देशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीहरुका लागि सही परामर्श दिने उद्देश्यले ब्रेनब्रिज एजुकेसन स्थापना भएको र यसले सधैं यही उद्देश्य बोकेर हिँड्ने ब्रेनब्रिजकी सन्चालक अर्चना दवाडीले बताइन् ।

‘विश्वव्यापीकरणको यो समयमा विद्यार्थीहरुले आफ्नो करिअर सुन्दर बनाउन विश्वका जुनसुकै देशको शिक्षालाई प्राथमिकतामा राख्न सक्छन्,’ दवाडीले भनिन्, ‘त्यस्ता विद्यार्थीलाई सही मार्गदर्शन नै हाम्रो उद्देश्य हो ।’

पछिल्लो समय नेपालमा निकै धेरै शैक्षिक परामर्श कम्पनी खुले पनि कतिपयले विद्यार्थीलाई भ्रामक सूचना दिने गरेको आरोप लाग्न थालेको छ । ‘हामीले विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई सही सूचना मात्र दिने प्रण गरेका छौँ,’ दवाडीले भनिन् ।

मध्यबानेश्वरमा रहेको ब्रेनब्रिज एजुकेसनले नेपाली शिक्षा क्षेत्र सुधारका लागि पनि ब्रेनब्रिज छात्रवृत्ति कार्यक्रम ल्याउने दवाडीले बताएकी छन् । ‘हामी नेपालका विभिन्न जिल्लामा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै छौँ,’ उनले भनिन्, ‘यसको घोषणा केही समयमा हामीले गर्नेछौँ । यो अहिलेसम्मका लागि नीजि क्षेत्रबाट प्रदान गरिने नेपालकै सबैभन्दा ठूलो छात्रवृत्ति हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट