२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मौसम खुलेपछि पोखराबाट भैरहवा उड्यो रवि चढेको जहाज

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवा उडेको छ । ‘भिजिबिलिटी’ कम हुँदा बिहानदेखि उडान–अवतरण हुन नसकेपछि अहिले मौसम खुलेपछि उडान सुरु भएको हो ।

प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट