२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भैरहवामा रवि लामिछानेको बयान सुरू

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ । सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका सभापति लामिछानेको बयान सुरू भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत आज भैरहवा पुर्याइएको हो ।

गत कात्तिक २ गते सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई मंगलबार भैरहवास्थित सरकारी वकिल कार्यालयमा लगिएको हो ।

लामिछानेलाई भैरहवा ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा प्रहरीका अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिन सुरू गरेका छन् ।

सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जिवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट