logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे

    स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे

    490
    Shares
    स्वार्थ समूहहरुले मानमर्दन गर्न खोजे, प्रतिवाद गर्छु : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनैपनि खालको सम्झौता नगर्ने बताएका छन् ।

    मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनैपनि सम्झौता नगरी अघि बढ्ने बताएका हुन् ।

    मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उनको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताए ।

    त्यस अवसरमा मन्त्री पाण्डेले राजनीतिमा सबै गलत हुन्छन् भन्ने सत्य नभएको पनि दोहोर्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend