२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो ।

फर्जी कागजात बनाएर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।

कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए ।

उनीसँगै त्यही कार्यक्रममा सहभागी हुन भन्दै रसुवाको कालिका गाउँपालिका–५ घर भई काठमाडौंको मनमैजुमा बस्दै आएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई समेत टोकियो विमानस्थल पुगेका थिए ।

टोकियो विमानस्थलले त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो ।

उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट