आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रवि लामिछानेसँग आज पनि बयान लिइँदै

रवि लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ ।

मंगलबार रुपन्देही लगिएका रविसँग हिजोबाटै बयान लिन थालिएको थियो । हिजो बयान नसकिएकाले आज पनि बयान जारी रहने भएको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पोखरामा रहेका रविलाई मंगलबार बुटवल लगिएको थियो ।

बयान सकिएपछि उनलाई पोखरा नै फिर्ता पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend