२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न आफूले चाहेको बताए । उनले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताए ।

उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताए । उनले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्न निर्देशन दिए ।

अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट