२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

डडेलधुरा आउँदै परराष्ट्र मन्त्री आरजु, स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेसको निर्देशन

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा परराष्ट्र मन्त्री डा. आरजु राणा शुक्रबार डडेल्धुरा पुग्दै छिन् ।

उनको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ ।

शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन पार्टीका नेता कार्यकर्तालाई साउदले एक विज्ञप्तिमार्फत् निर्देशन दिएका छन् ।

साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट