logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोईराला

    सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोईराला

    315
    Shares
    सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छ : शेखर कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए । उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । उनले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गरे ।

    उनले भने, ‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ । यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ । सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ ।

    स्टेक होल्डरसँग हरेक कानून बनाउँदा सरसल्लाह गर्यौँ भने हामी तपाईंहरुले सोचेको जस्तो कानून बनाउँछौँ । सरकारले त जहिले पनि नागरिकलाई पनिस्मेण्ट दिने हिसावले कानून बनाएको देखिरहेको छु । भइरहेको छ । कति कानूनहरु त संविधानसँग बाझिएको कानून पनि थुप्रै आएको छ । अझ विनियमहरु बनाउँदा त कानूनलाई पनि उछिनेको हुन्छ । त्यस्तो अवस्थाबाट हामी गइरहेका छौँ । तर संविधानमा जे कुरा लेखेको छ, संविधानलाई अक्षरशः पालना गरीकन कानून बनाउनुपर्ने हो ।

    त्यसमा पनि हामी कतैकतै चुकेका छौँ । यो हामीले स्वीकार गर्नुपर्छ । स्वीकार गरेरै अघि बढ्दा हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ । सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग अत्यन्त गम्भीर छलफल आजदेखि नै प्रारम्भ भयो ।’

    नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend