२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

दुर्घटना न्यूनिकरण गर्न प्रहरीले थाल्यो सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान

शुक्रवार , कार्तिक ३०, २०८१

भरतपुर । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ।

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न आफूले चितवन भरतपुर महानगरको आँपटारी चोक स्थित सडकमा नै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको चितवन ट्राफिक प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।

भरतपुर स्थित मनकामना अस्पतालको सहयोगमा आँपटारी चोकबाट चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो। अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको र यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने निरीक्षक शर्माको विश्वास छ ।

‘चितवन जिल्लामा पूर्व पश्चिम र अन्य राजमार्गले लामो क्षेत्र ओगटेको छ। दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘चितवन जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्न सके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ।’

सवारी चालक तथा सहचालक गरी बिहिबार मात्रै १ सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा समस्या देखिएका १० जनालाई थप उपचार गर्न प्रहरीले सुझाव दिएको छ।

प्रहरीकै अग्रसरतामा सडकमा आएर आफूहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम राखेको देख्दा चालकहरुले पनि खुसी व्यक्त गरेका थिए । चालक बाबुराम कुवँरले दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने भन्दै यो अयिभान नियमित राख्न अनुरोध गरेका छन् ।

उनले भने, ‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो।’ यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए। यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट