सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

रविलाई कास्की ल्याउँदा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

रविलाई कास्की ल्याउँदा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

कास्की । समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुर्व्यवहार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुर्व्यवहार गरेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्याएपछि त्यहाँ शान्तिपूर्ण तरिकाले जम्मा भएका रास्वपाका नेता – कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्न खोजेपछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो ।

त्यही क्रममा कास्की प्रहरीका एक प्रहरीले पत्रकार सन्देश बरालको क्यामरा खोस्न थालेपछि पत्रकारहरुले त्यसको प्रतिकार गर्न शुरु गरेका थिए । पत्रकार ओम हमाल र माधव पोखरेल लगायतका पत्रकारले प्रहरीको ज्यादतीको बिरोध गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend