मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

व्यवसायी मित्रहरुले कारोबार पारदर्शी बनाएर राज्यलाई बढी भन्दा बढी कर बुझाउनुपर्छ

व्यवसायी मित्रहरुले कारोबार पारदर्शी बनाएर राज्यलाई बढी भन्दा बढी कर बुझाउनुपर्छ

वस्तु व्यापार कारोबार गर्नेहरु मध्ये आर्थिक वर्ष ०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी कर दाखिला गरेपछि यो वर्ष पनि बढी कर तिरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेको छ । भाटभटेनीले वर्षेनी सरकारलाई बढी कर बुझाउँदै आएको छ ।

सरकारलाई बढी कर बुझाउनुका साथै भाटभटेनीले लगानी पनि विस्तारका साथै ठूलो संख्यामा रोजगारी पनि सिर्जना गरिरहेको छ । आउँदो पाँच वर्षमा आउटलेटको संख्या बढाएर ५१ पुर्याउने लक्ष्य भाटभटेनीले राखेका छन् । भाटभटेनी अहिले वस्तु व्यापारमा मात्र केन्द्रीत नभइ लगानी विविधिकरणमा लागेको छ ।

झण्डै ८ अर्ब रुपैयाँ लगानीमा राजधानीको दरवारमार्गमा पाँचतारे अन्नपूर्ण होटल निर्माण सुरु गरेको छ । होटलको सोमबार शिलान्यास भएको छ । भाटभटेनीको सेवा विस्तार र लगानी विविधिकरणको विषयमा केन्द्रीत रहेर अध्यक्ष मीनबहादुर गुरुङसँग सुनौलो नेपालले गरेको कुराकानी ।

यहाँले मुलुककै सबैभन्दा ठूलो पाँचतारे होटलको आज शिलान्यास भयो । पूर्वाधार निर्माणको काम कहिलेदेखि सुरु हुन्छ ?

अहिले अन्नपूर्णको पुराना भवनहरु भत्काउने काम भइरहेको छ । भवन भत्काइसकेपछि होटलका लागि नयाँ भवन निर्माण सुरु हुनेछ । काठमाडौं महानगरपालिकाले जति चाँडो काम सुरु गर्न अनुमति दिन्छ, त्यही आधारमा होटलको निर्माण सुरु हुनेछ ।

कस्तो खालको होटल बन्दै छ ?

दरबारमार्गमा ठूलो पाँचतारे होटल बन्दै छ । पहिला त होटल नै हुनेछ । होटलपछि दोस्रो परियोजना अगाडी आर्केड हुनेछ । होटल र आर्केड दुबै अलग हुनेछ । ४२ रोपनीमा फैलिने होटल परियोजनामा सर्भिस अपार्टमेन्ट पनि हुनेछ ।

होटलमा कति कोठा र के के सुविधा हुनेछन् ?

होटलमा साढे तीन सय कोठाहरु हुनेछन् । २५ सय, २ हजार र १५ सय मान्छे अटाउने बैंक्वेट हल हुने छन् ।

नेपालमा महंगा होटल भएनन्, खर्च गर्न आउने पर्यटकलाई खर्च गर्न पाएनन भन्ने सुनिन्छ । त्यस्ता खालका कोठा होटलमा हुन्छन कि हुँदैनन् ?

होटलमा धेरै राम्रा कोठाहरु हुनेछन् । रिजनेवल प्राइसका हुनेछन् । भाटभटेनीको जुन मोडेल छ, त्यही मोडेलमा होटलको मूल्य हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।

कहिलेसम्म निर्माण सम्पन्न हुनेछ ?

अगाडी बन्ने आर्केडको काम आउँदो डेढ वर्षमा तयार भइहाल्छ भने होेटल बनाउन अढाइ वर्ष लाग्नेछ । यहाँले स्थापना गर्नु भएको भाटभटेनी सुपरमार्केटको यात्रा एकदमै राम्रो छ । बन्न लागेको होटल पनि पक्कै राम्रो होला ।

यसका लागि के कस्तो तयारी रहेको छ ?

मेरो बुझाइमा मुलुकमा बेरोजगारी संख्या धेरै छ । स्वदेशमै ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ । धेरै युवाहरु मुलुक बाहिर रोजगारीका लागि जानु भएको छ । त्यसैले उहाँहरुलाई नेपालमै रहने वातावरण हामीले बनाउनुपर्छ । नेपालमा संभावना छ, काम गरे यहाँ नै हुन्छ भन्ने सन्देश पनि जाओस भनेर हामीले होटल निर्माणको सुरुवात गरेका हौं । भाटभटेनी समूह, लिटिल एन्जल्स समूह र अन्नपूर्ण गरी तीन समूह मिलेर ठूलो लगानीमा होटल निर्माण सुरु गरेका छौं । यो परियोजना राम्रो हुने हामीले आशा गरेका छौं ।

होटलको व्यवस्थापन कस्ले गर्ने भएको छ ?

होटलको व्यवस्थापन भारतको आइटिसी ग्रुपको वेलकम ब्राण्डले गर्ने भएको छ । भाटभटेनी सुपरमार्केट उत्कृष्ठ करदाता बन्दै आएको छ । यो वर्ष पनि सरकारबाट सम्मान पाएको छ ।

भाटभटेनी सुपरमार्केट उत्कृष्ठ करदाता बन्दै आएको छ । यो वर्ष पनि सरकारबाट सम्मान पाएको छ । कसरी यो संभव भयो ?

भाटभटेनीको मुल उद्धेश्य दुईटा छन् । एउटा रोजगारी सिर्जना गर्ने र अर्को राज्यलाई बढी भन्दा बढी कर बुझाउने हो । मुुलुक चलाउन राजस्व आवश्यक छ । त्यसैले हामी सबै व्यवसायीले दत्तचित्त लगाएर सरकारलाई बढी भन्दा बढी कर बुझाऔं भन्ने हो । यसमा मेरो बुझाइ अझ फरक पनि छ । देश बनेन भने हामी बन्न सक्दैनौं । देश सम्पन्न भएन भने हामी पनि सम्पन्न हुँदैनौं । त्यसैले मुलुक सम्पन्न हुन राजस्व संकलन बढ्नुपर्छ । म हाम्रा सबै व्यवसायी मित्रहरुलाई आफ्नो कारोबार पारदर्शी बनाएर राज्यलाई बढी भन्दा बढी कर बुझाउन म विनम्र अनुरोध गर्दछु ।

कसरी यो सम्भव भयो ?

भाटभटेनीको मुल उद्धेश्य दुईटा छन् । एउटा रोजगारी सिर्जना गर्ने र अर्को राज्यलाई बढी भन्दा बढी कर बुझाउने हो । मुुलुक चलाउन राजस्व आवश्यक छ । त्यसैले हामी सबै व्यवसायीले दत्तचित्त लगाएर सरकारलाई बढी भन्दा बढी कर बुझाऔं भन्ने हो । यसमा मेरो बुझाइ अझ फरक पनि छ । देश बनेन भने हामी बन्न सक्दैनौं । देश सम्पन्न भएन भने हामी पनि सम्पन्न हुँदैनौं । त्यसैले मुलुक सम्पन्न हुन राजस्व संकलन बढ्नुपर्छ ।

म हाम्रा सबै व्यवसायी मित्रहरुलाई आफ्नो कारोबार पारदर्शी बनाएर राज्यलाई बढी भन्दा बढी कर बुझाउन म विनम्र अनुरोध गर्दछु ।

नयाँ कतिवटा भाटभटेनी आउटलेटहरु आउँदैछन् ?

आउँदो पाँच वर्षमा भाटभटेनी सुपरस्टोरको संख्या बढाएर ५१ पुर्याउने भएका छौं । हामीले बनाउन लागेको आर्केटको पहिलो तल्लामा ब्रान्डेड वस्तुहरु उपलब्ध हुने छ भने यहाँ पनि भाटभटेनीको उपस्थिती रहने छ ।

यो पनि :

भाटभटेनी र लिटिल एन्जल्स समूहले ८ अर्बमा पाँचतारे अन्नपूर्ण होटल बनाउँदै, व्यवस्थापन आइटिसीले हेर्ने

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend