२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा कांग्रेसको जोड

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले कृषि क्षेत्रको विकासमा बाधक बनेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापा नेतृत्वको समूहले आज कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेटगरी कृषि क्षेत्रका समसामयिक विषयमा ध्यानाकर्षण गराउने क्रममा कृषिसँग सम्बन्धित विभिन्न कानुनमा संशोधन गर्न आफू विगतमा कृषि समितिको सभापति हुँदादेखि नै लागिपरेकाले त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

सभापति हुँदादेखि कृषिसँग सम्बन्धित कानुन संशोधनमा लागिपरे पनि पूरा नभएकाले त्यसमा अग्रसरता लिन उनले मन्त्री अधिकारीलाई आग्रह गरे । दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभूति नागरिकले पाउने गरी काम गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका थिए ।

कृषिमा दिएको अनुदानको दुरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्न मन्त्री अधिकारीले लिएको प्रयास सकारात्मक छ भन्दै उनले अनुदानको स्वरुपमा पनि परिवर्तनको आवश्यकता औँल्याए ।

सो अवसरमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस् भन्ने चाहना रहेको र यसका लागि थुप्रै प्रयत्न गरेको जानकारी दिँदै सार्वजनिक खरिद ऐनमा संशोधनको आवश्यकतामा जोड दिए ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा महामन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि मन्त्री अधिकारीले गर्नुभएका निर्णयलाई पार्टीले सकारात्मक रुपले हेरेको उल्लेख गर्दै यसबीचमा कृषकका पक्षमा निर्णय भएकाले यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताए ।

दुई ठूला दल कांग्रेस र एमालेको सरकारले अप्ठ्यारा र बाधक कानुनको संशोधन गर्न चाहेको बताउदै महामन्त्री थापाले हालै बनेको दुई दलीय संयन्त्रले यस्ता कानुनको एकैपटक संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए । संसद्को आगामी अधिवेशनमा समस्या बनाइरहेका सबै विधेयकको टुङ्गो लगाई बाधक रहेका कानुनको संशोधन गर्नेगरी दुई दलीय संयन्त्रले काम गरिरहेको महामन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट