२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कालिकोटको तिलगुफा ४ मा मजदुर किसान पार्टी विजयी

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टीले जितेको छ ।

पार्टीका खड्गराज शाहीले १ सय ४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले १ सय १५ मत ल्याएकी छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।

०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट