२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

ओखलढुंगाको मोलुङ ५ मा एमाले विजयी

आइतवार , मंसिर १६, २०८१

विराटनगर । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको उपचुनावमा एमाले उम्मेदवार विजयी भएका छन । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् ।२०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।

एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको क्षेत्र भए पनि पहिलोपटक एमाले विजयी बनेको हो । उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् ।

त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट