काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्। कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याई विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत ल्याएका छन्।
यस्तै एमालेका डम्बर बहादुर घर्तीले २६२ मत ल्याएका छन् भने राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याएका छन्। यसअघि यो वडा माओवादी केन्द्रले जितेको थियो।
प्रतिक्रिया दिनुहोस