२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

उपचुनाव अपडेट : कांग्रेसले १५ वडामा जित्यो, अन्य पार्टीले कति ?

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ३३ स्थानको मत परिणाम सार्वजनिक भएको छ। जारी मतगणनामा नेपाली कांग्रेसले १५ वटा वडामा जितेको छ । कांग्रेसले १५ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याएको हो ।

यस्तै नेकपा एमालेले एक गाउँपालिका र ५ वडामा जित्दा माओवादी केन्द्रले ४ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याएको छ ।

यसैगरी जनता समाजवादीले २, रास्वपा, एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १–१ वडा जितेका छन् । बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो ।

कांग्रेसले जितेका स्थानहरू

कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए।

सुनसरीको गढी गाउँपालिका—६ मा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ८ सय १६ ल्याएर विजयी भए।

रौतहटको ईश्नाथ नगरपालिका—७ मा कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भए। उनले ६ सय २७ मत ल्याएर वडाध्यक्ष जित्दा एमालेका शेख अनवारले ५ सय ७५ मत ल्याए।

रौतहटको राजपुर नगरपालिका—६ मा कांग्रेसका समसे आलम निर्वाचित भए। उनले ७ सय ४४ मत ल्याएर वडाध्यक्ष जिते।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भए। उनले ५ सय ६२ मत प्राप्त गरे।

हेटौंडा—१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भए। उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका छन् ।

गुल्मीको मुसिकोट–१ मा कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले १ हजार १ सय ८४ मत पाएर जित हासिल गरेका हुन्।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका भुपमणि पुन मगरले ६ सय ४३ मत ल्याएर जित हात पारे।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा कांग्रेसका अमिन थारू निर्वाचित भए। उनले १ हजार ४३ मत ल्याएर निर्वाचित भएका हुन् ।

जाजरकोटको कुशे गाउँपालिका—७ मा कांग्रेसका खम्बबहादुर सिंहले वडाध्यक्ष जिते। उनले ३ सय ४७ मत पाए ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ मा कांग्रेसका मोतीराम खत्रीले वडाध्यक्ष जिते। उनले ५ सय ९० मत ल्याएर विजयी भएका छन् ।

बझाङको सूर्मा गाउँपालिका—४ मा कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर निर्वाचित भए।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहन थापा निर्वाचित भए। उ

दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भए। उनले ३ सय ७६ मत पाए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा कांग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मतसहित निर्वाचित भए।

यि स्थानमा एमालेले  जित्यो

ताप्लेजुङको सिरिजंघा—३ मा एमालेका कुमारी सावादेन निर्वाचित भइन्। उनले ३ सय ५३ मत प्राप्त गरे ।

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भए। उनले ३९९ मत प्राप्त गरे।

महोत्तरीको रामगोपालपुर नगरपालिका—२ मा एमालेका सकिवुल खाँ निर्वाचित भए। खाँले ६ सय ३१ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ मा एमालेका मोहमत ताहिर मुसलमानले वडाध्यक्ष जिते। उनले १ हजार १५० मत ल्याएर वडाध्यक्ष जित् ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा एमालेका लालबहादुर शाहीले ५ सय ७४ मत ल्याएर निर्वाचित भए।

दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित भए।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकी छन्।

उनले १ हजार ७ सय ४० मत ल्याइन्।

माओवादी केन्द्रले जितेका ठाउँ

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई निर्वाचित भए। उनले ९२३ मत ल्याएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका—१ मा माअ‍ोवादी केन्द्रका सुनील कापर केवट विजयी भए। उनले ६८४ मत ल्याउँदा नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत पाएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन्। उनी १ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

गोरखा नगरपालिका—५ माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भए। उनले ४ सय ८६ मत ल्याए ।

दुवै वडामा जसपा

स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए। उनले ६ सय ५२ मत ल्याए।

डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भए। उनले ३७२ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ। रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्।

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जिते

रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए। उनले ६ सय ५५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए।

कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीले जित हात पार्‍यो। त्यहाँ नेमकिपा खड्गराज शाहीलाई १ सय ४३ मत ल्याएर अध्यक्ष निर्वाचित भए।

यसैगरी झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतका साथ निर्वाचित भए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट