२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

उपचुनाव अपडेट : कुन दलले कहाँ जिते ?

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ।

यसैगरी माओवादीले एक उपमेयर र एक गाउँपालिका अध्यक्षसहित ५ वडा आफ्नो पक्षमा पारेको छ।

यसैगरी जनता समाजवादी पार्टीले २ वटा वडामा जितेको छ। एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

कुन दलले कहाँ जिते : 

नेपाली कांग्रेसका जितेका वडा

१. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी

२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द

३. बर्दिया ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु

४. गढी गाउँपालिका–६तेतर साहु

५. राजपुर नगरपालिका–६ समसे आलम

६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर

७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक

८. सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री

९. कीर्तिपुर नगरपालिका-१ इच्छाकुमार महर्जन

१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१२. दुहुँ गाउँपालिका-५ धनसिंह कुँवर

१३. कुशे गाउँपालिका-७ खम्ब बहादुर सिंह

१४. गुल्मी मुसिकोट नगरपालिका-१ आनन्द श्रेष्ठ

१५.बझाङ सुर्मा गाउँपालिका-४ धीरेन्द्र पुजारा

एमालेका जितेका पालिका र वडा

१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही

२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी

३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान

४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ

५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही

६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ

७. सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन

माओवादीले जितेका  पालिका र वडा

१. ग्रामथाम गाउँपालिका अध्यक्ष- नमोनारायण माझी

२. नलगाड नगरपालिका उपमेयर देवका लामिछाने

३. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे

४. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा

५. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट

६. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर

७. पुथा उत्तरगंगा–२ मा जगत घर्ती (निर्विरोध)

रास्वपाले जितेको वडा

१. काठमाडौं महानगरपालिका–१६, रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव

जसपाले जितेका वडा

१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह

२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव

नेमकिपाले जितेको वडा

१. कालिकोट तिलगुफा-४ को मा खड्कराज शाही

स्वतन्त्र

१. लक्ष्मीप्रसाद ओली

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट