logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या : महानिर्देशक पौडेल

    व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या : महानिर्देशक पौडेल

    175
    Shares
    व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या : महानिर्देशक पौडेल

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएका छन् ।

    उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताए ।

    उनले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताए । उनले व्यवसायीहरुबीच आरोप–प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताए । उनले बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताए ।

    उनले आरोप–प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने बताए । उनले दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई–तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको बताए । उनले विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको दाबी गरे ।

    उनले भने, ‘वाणिज्य विभागमा अहिलेसम्म बस्दाको अनुभव विभिन्न क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिन्छ । हरेक क्षेत्रमा व्यवसायीहरुले एकले अर्कोलाई दोषी देखाउने काम गर्नुभएको छ । कस्मेटिक व्यवसायीहरु आएर दुग्धमा कति ठूलो फल्ड छ । किन अनुगमन गर्नु हुँदैन । विभागले दुग्ध व्यवसायीहरुलाई बोलायौं । उनीहरु भन्छन् । पानीको जार यति धेरै फोहोर छ । पानीको जारमा फोहोरको लेदो भेटिएको छ ।

    विभाग के हेरे बस्नुभएको छ । त्यसलाई कारबाही गर्नुस् भन्नुहुन्छ । पानी उत्पादक संघलाई बोलाएर ल्याइयो । पानी उत्पादकहरु भन्छन् सिमेन्ट यति धेरै फटाहा भएको छ । एनआरपी नराखी बेच्छ । हामीले एनआरपी राखेका छौं । सबैतिरबाट यस्तै कुरा आउँछ । अब विभागले कसलाई गर्ने अनुगमन । एउटा व्यवसायीले अर्को व्यवसायीलाई पोल्ने काम गरिहेका छन् ।

    हामीले स्वच्छ बजार खोज्नुपर्छ सबै उपभोक्ता हौं । हामी कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेका छौं । यसले कसैलाई हित गदैन । एक अर्कोलाई लगाउने आरोपले कमजोर बनाउँछ । दशैंतिहारमा ४० फर्मलाई अनुगमन गरेका छौं । त्यसमा दुई तिन वटालाई मात्रै कारबाही गरेका छौँ ।

    विभागले अनुगमन गरेर कारबाही गर्ने नियत होइन । विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व बढाउने उद्देश्य होइन । व्यवसाय राम्रो चले आफैँ राजश्व संकलन हुन्छ ।’

    उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताए । उनले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानूनी कारबाही गर्नु आवश्यक रहेको बताए । उनले सरकारले लगानी समेत डुब्ने गरी कारबाही गर्दा उद्योग व्यवसायबाट व्यवसायी पलायन हुने अवस्था आउने बताए । उनले सरकारले लामो समयदेखि बजार अनुगमन गरिरहेको तर बजारमा सुधार नभएको भन्दै सुधार हुन जरुरी रहेको बताए ।

    उनले सरकारले बजार अनुगमनबाट अस्वभाविक मूल्यवृद्धि हुँदैन भन्ने ग्यारेन्टी गर्दा मात्रै बजार अनुगमनको प्रभावकारीता हुने बताए । उनले मिति सकिएका वस्तुहरु बजारमा पाइँदैन भन्ने अवस्था बनाउँदा मात्रै उपभोक्ताहरु ढुक्क भएर बजारमा जानसक्ने अवस्था आउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend