२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

शनिवार , मंसिर २२, २०८१

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट बनाउँदै १८७ रन बनायो ।

सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए ।

बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिए।

आन यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम आज पनि जित्ने दाउमा छ ।

दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट