२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

संसद्का तीन समितिको बैठक आज, सीमा सुरक्षादेखि सुशासनसम्मका एजेन्डामा छलफल

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट