२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

बाजुरामा बाढी बस्तीमा पसेपछि १३ परिवारको उद्धार, पहिरोले दुई ठाउँमा सडक ठप्प

शुक्रवार , श्रावण ८, २०८३

बाजुरा । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका नगरपालिका–९ का १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट राति अचानक बस्तीमा बाढी पसेपछि जोखिममा परेका परिवारहरूलाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहीबार राति नै प्रभावित परिवारलाई घरायसी सामानसहित उद्धार गरी छिमेकी तथा नजिकैका सुरक्षित घरहरूमा स्थानान्तरण गरिएको छ । उद्धार गरिएका १३ परिवारमध्ये तीनवटा घर बाढीको प्रत्यक्ष र उच्च जोखिममा रहेका छन् ।

हालै जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँहरू बाढी तथा पहिरोको उच्च जोखिममा छन् ।

वर्षासँगै खसेको पहिरोका कारण बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरी सफाइको काम भइरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर जारी रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट