logo

२०८१ मंसिर २६ बुधबार

logo
  • बुधबार, २६ मंसिर २०८१
  • शेयर बजारमा सिमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गनुपर्छ : पूर्वअर्थमन्त्री महत

    शेयर बजारमा सिमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गनुपर्छ : पूर्वअर्थमन्त्री महत

    147
    Shares
    शेयर बजारमा सिमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गनुपर्छ : पूर्वअर्थमन्त्री महत

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले यस्तो बताएका छन् । उनले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरे ।

    उनले पुँजीबजार सम्बन्धि नियामक निकायले यस्ता कार्यहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए । उनले सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानिकताको जोखिम बढ्ने अवस्था रहेको बताए । उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ । यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ । सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ । सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ।

    यसर्थ, नियामक निकायले पारदर्शी भुमिका खेल्न आवश्यक छ । बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गरेर जान आवश्यक छ।’

    उनले पछिल्लो समय शेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गरे । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए ।

    उनले सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताए । उनले आवश्यकताको आधारमा वैदेशिक ऋण दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend