२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलमा आज : पोखरा र काठमाडौँ, चितवन र जनकपुर मैदानमा

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा र काठमाडौं कप्तान करण केसीको कप्तानीमा मैदानमा हुनेछ ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ।

एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अंकसहित तेस्रो स्थानमा छ भने ६ अंक जोडेको चितवन चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट