२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पोखराले काठमाडौँलाई दियो १३९ रनको लक्ष्य

शनिवार , मंसिर २९, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान जारी रहेको पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजको खेलमा पोखराले काठमाडौैँलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा पोखराले ८ विकेट गुमाउँदै १ सय ३८ रन बनायो । पोखराले टस हारेर पहिला ब्याटिङ गरेको हो ।

पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै दिनेश खरेलले ३८ रन बनाए । सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे ।

दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाण्डुका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन र तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट