२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलको खेल हेर्न चर्चित क्रिकेटर ब्रायन लारा टीयू मैदानमा

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदान पुगेका छन् । नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् ।

टियू क्रिकेट मैदान पुगेपछि उनी मैदानको चारैतिर घुमेका थिए ।

उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनी लारा ३ दिन नेपाल बस्नेछन् ।

ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर क्रिकेटका दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ ।

लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट