२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कप्तान कुशल मल्लको अर्धशतकसँगै चितवन राईनोजले दियो जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य

शनिवार , मंसिर २९, २०८१

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्ससामु १ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो ।

कप्तान कुशल मल्ल र रवि वोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले जनकपुरलाई विशाल लक्ष्य दिएको हो । कप्तान कुशल ७२ रन बनाउँदा क्याच आउट हुन पुगे । कुशलले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । रवि ४४ रनमा क्याच आउट भए ।

ओपनर हसन इसाखिल २८ रन बनाउँदा बसिल हमिद २ र सोहेल तनविर ५रनमा अविजित रहे ।

जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । हर्ष ठाकेर, जेम्स निसम र शेर मल्लले समान एक एक-विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट