मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान हो, खेलकुदलाई राज्यले महत्वका साथ लिनुपर्छ : सभामुख घिमिरे

विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान हो, खेलकुदलाई राज्यले महत्वका साथ लिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताए । उनले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताए ।

उनले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भुमिका अग्रणी रहेको बताए । उनले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘विद्यालय क्षेत्रलाई नै खेलकुदको एउटा महत्वपूर्ण क्षेत्र बनाएर त्यसमा पनि हाम्रो सन्दर्भमा अहिलेसम्म प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका विद्यार्थीले बढी चासो राखेका छन् । यसमा लगानी पनि निजी क्षेत्रबाट बढी भएको छ ।

उपयुक्त शिक्षक पनि हुने, त्यसका लागि भौतिक पूर्वाधार पनि एक हदसम्म बनाएर विद्यार्थी आकर्षण गर्नुपर्ने हाम्रो एउटा समाजको परिस्थिति हो । खेलाडीहरु उत्पादन हुने श्रोत वा मुहान नै विद्यालय हो । त्यसबाट यसलाई अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend