२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जनकपुर बोल्ट्ससँग चितवन राइनोज ३२ रनले विजयी, प्लेअफ सम्भावना बलियो

शनिवार , मंसिर २९, २०८१

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो ।

जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल एनपीएलको प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।

१८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा अलआउट भयो ।

जनकपुरका लागि जीमी नीशकले २४ बलमा ६५ रन बनाए । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने ।उनले २४ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २३ रन जोडे ।

चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले २-२ विकेट लिए । अमर सिंह राउटेलाले १ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो ।

कप्तान कुशल मल्ल र रवि वोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले जनकपुरलाई विशाल लक्ष्य दिएको हो । कप्तान कुशल ७२ रन बनाउँदा क्याच आउट हुन पुगे । कुशलले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । रवि ४४ रनमा क्याच आउट भए ।

ओपनर हसन इसाखिल २८ रन बनाउँदा बसिल हमिद २ र सोहेल तनविर ५रनमा अविजित रहे ।

जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । हर्ष ठाकेर, जेम्स निसम र शेर मल्लले समान एक एक-विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट