काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज र विराटनगर किंग्सले खेलिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन् ।
विराटनगरले ४.२ ओभरमा १ विकेट गुमाउँदै ३२ रन बनाएको छ । सुरुमा विराटनगरले ब्याटिङ गरिरहेको हो ।
विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ । काठमाडौंका लागि भने आजको खेलले निर्धारण गर्ने छ ।
शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।
६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ।
प्रतिक्रिया दिनुहोस