२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई दियो ११८ रनको लक्ष्य

आइतवार , मंसिर ३०, २०८१

काठमाडौँ । विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भैरहेको पहिलो खेलमा विराटनगर किंग्स १९ ५ ओभरमा अलआउट हुँदै ११७ रन बनायो ।

विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए ।

ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए । २१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।

दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए ।

कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट