२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

दाजुभाइको विवादले अलग भयो ‘ज्योति ग्रुप’, पद्मले बनाए नयाँ नाममा ‘पद्म ज्योति ग्रुप’

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । पारिवारिक उद्योगी घराना ज्योति ग्रुप औपचारिक रुपमा अलग भएको छ । ज्योति ग्रुपमा दुई भाइको झगडा सुरू भएसँगै पद्म ज्योतिले नयाँ ग्रुप ‘पद्म ज्योति ग्रुप’मा ब्रान्डिङ सुरू गरेको हो ।

सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्व विवादले यो समूह अलग भएको हो ।

भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन् । रूप ज्योति र पद्म ज्योतिको विवादपछि पद्मले नयाँ नाममा ब्रान्डिङ सुरू गरेका हुन् ।

पद्मका छोरा सौरभले झगडाबाट बाहिरिएर नयाँ ब्रान्डिङ सुरू गरेको बताए । ग्रुपको अध्यक्ष पद्म ज्योति नै छन् । उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका छन् ।

त्यस्तै, समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् ।

सौरभ ग्रुप अफ कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) हुन् ।

ज्योति ग्रुपबाट टुक्रिएको घोषणा गर्दै पद्म ज्योतिले ज्योति समूहलाई पद्म ज्योति समूहमा रुपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुआत भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । अध्यक्ष पद्म ज्योतिले धेरै बाधा र चुनौती पार गरे पनि यो समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्ने बताए ।

उनले एउटा चर्चित ग्रुपको पुनः नामकरण भएको बताए । उनले १२० वर्षअघि ज्योति ग्रुप सुरु भएको बताउँदै नेपालमा पहिलो डन्डी उद्योग, पहिलो सिमेन्ट उद्योग सुरू गरेको बताए ।

समूहको लोगो पनि सार्जननिक गरिएको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तनर अर्थपूर्ण प्रभावलाई समेट्ने समूहले जनाएको छ ।

त्यस्तै, समूहका निर्देशक सौरभ ज्योतिले पारिपवारिक समूह अलग हुँदा दुःख लागेको बताए । उनले यसलाई पाठका रुपमा लिएर अगाडि बढ्ने बताए ।

यस समूहले उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गरेको र आगामी दिनमा रोजगार बढाउने उनको भनाई छ ।

समूहको हिमाल स्टिल, अटोमा होन्डा, बैंक तथा वित्तीय संस्थाहरूमा लगानी छ ।

यो पनि :

अंश झगडाले संकटमा पर्दै ज्योति दाजुभाई : नेपाल बैंकले लिलाम गर्दै रुपको सम्पत्ति

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट