काठमाडौ / प्रतिनिधि सभामा नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति कडा आपत्ति जनाएका छन् । उनले परराष्ट्रमन्त्रीको भनाइले मूल विषयलाई ढाकछोप गर्ने प्रयास भएको आरोप लगाउँदै त्यो स्वीकार्य नभएको बताए ।
सदनमा बोल्दै हमालले प्रधानमन्त्रीको कथनलाई ‘राष्ट्रहितविपरीत’ भन्दै त्यसप्रति माफी माग्नुपर्ने र संसद्को अभिलेखबाट हटाइनुपर्ने माग दोहोर्याए। उनले भने, परराष्ट्रमन्त्रीको स्पष्टीकरणले देशको आत्मसम्मान र गौरवलाई कमजोर बनाउने खालको देखिएको छ।
तर उनले आफ्नो दलको विरोध शैलीमा परिवर्तन आएको पनि स्पष्ट पारे । आफूहरू अब जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेर सदनमा संयमित र लचकतापूर्वक प्रस्तुत भइरहेको उनको भनाइ थियो । सासंद हमालले देशको सीमाको विषयमा सदन भित्र पहिलो पटक सत्तापक्ष र प्रतिपक्ष भएर विभाजीत हुन आफुहरुलाई दुः लागेको बताए । हामी सीमाको विषयमा सधै एक ढिक्का थियौ तर अहिले विभाजीत भएका छौ हमालले भने ।
प्रतिक्रिया दिनुहोस