२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सभामुखमाथि प्रतिपक्षको कडा टिप्पणी

बुधवार , जेठ २७, २०८३

काठमाडौ  / प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङदेम्बे ले सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सदन सञ्चालनका क्रममा निष्पक्षता र मर्यादाको प्रश्न उठाए । आङदेम्बेले सभामुखले प्रतिपक्षलाई समयबारे सोधेको प्रसङ्ग उल्लेख गर्दै त्यसलाई असामान्य शैलीको रूपमा व्याख्या गरे । संसदको वातावरणबारे टिप्पणी गर्दै उनले ‘संसदको चीरहरण भइरहेको’ जस्तो अनुभूति भएको बताएका थिए। आङदेम्बेले  सभामुख ‘टुलुटुलु हेर्ने अवस्थामा पुगेको’ जस्तो देखिएको उनको आरोप थियो । 

आङदेम्बेले संसदमा यसपटक सत्तापक्ष र प्रतिपक्षबीचको परम्परागत बहस र तर्क–वितर्कभन्दा फरक परिस्थिति देखिएको टिप्पणी गरे। उनका अनुसार सत्तापक्ष अत्यधिक शान्त देखिएको र प्रतिपक्षले सक्रिय रूपमा प्रश्न उठाइरहेको अवस्थामा संवाद सत्तापक्षसँग होइन, सभामुखसँग केन्द्रित भएको जस्तो अनुभूति भएको बताए । 

बैठकका क्रममा सभामुखले प्रतिपक्षी बेन्चतर्फ हेर्दै समयबारे टिप्पणी गरेको प्रसङ्ग पनि उठाइएको थियो, जसलाई प्रतिपक्षले मर्यादित अभ्यास नभएको रूपमा व्याख्या गरेको छ । त्यसै क्रममा संसदभित्रको अवस्थालाई “चीरहरण” सँग तुलना गर्दै सभामुखको भूमिकाप्रति आङदेम्बेले कडा असन्तुष्टि व्यक्त  गरेका थिए । 

रोष्टमबाट बोल्ने क्रममा आङदेम्बेले कवि भुपी सेरचनको कविता ‘घुम्ने मेच माथी अन्धो मान्छे’ भने पछि रास्वपा सभापति रबि लामिछाने लगायतले टेबुल ठटाउदै विरोध गरेपनि उनी रोकिएका थिएनन् । आङदेम्बेले  धादिङ बाट अत्याधिक मत ल्याएर निर्वाचीत हुनु भएका मेरा मित्र डिपी अर्याल भन्छु ‘मैले हिँड्ने बाटोमा काँडा नरोप्नुहोस ’  के थाहा पछि त्यही बाटो हिड्नस पर्ने हुन सक्छ भन्दै बिदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट